close

रविको दलको चुनाव चिन्ह घन्टी, यस्ता छन् सात विशेषता

रविको दलको चुनाव चिन्ह घन्टी, यस्ता छन् सात विशेषता

Trulli
ADVERTISEMENT

काठमाडौं । रवि लानेछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टी प्रस्ताव गरेका छन्  ।

म‌ंगलबार राष्ट्रिय सभामा एक कार्यक्रम गर्दै उनले आफ्नो चुनाव चिन्ह घन्टी प्रस्ताव गरेका हुन् । उनीसहित उनको टिम अहिले दल दर्ताका लागि निर्वाचन आयोग जाँदै छ । 

यस्तै, उनले आफ्नो टिममा राष्ट्रले नचिनेका, तर राष्ट्र चिनेका २१ सदस्यीय कमिटी बनाएकाे जानकारी द‍िए । साथै उलने आफ्नो पार्टीको कार्यालय काठमाडौंको बसुन्धरामा रहेको पनि जानकारी गराए ।

लामिछाने आफ्नो पार्टीमा सात विशेषता रहने जनाएका छन् । मंगलबार आयोजित घोषणा सभामा उनले  ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ मा सात विशेषता रहने बताएका हुन् ।

उनले आफ्नो पार्टीमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहित रहने जनाएका छन् ।  उनले आफूहरूले कहिल्यै चन्दा नलिने घोषणा पनि गरे । स्वयंसेवीबाट आर्थिक सहायता जुटाउने उनले बताए । 

यस्ता छन् सात विशेषता

१. प्राइमरी निर्वाचन हुने

२. युवालाई ५० प्रतिशत एकको व्यवस्था

३. प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गर्ने

४. राइट टु रिकल र राइट टु रिजेक्टको व्यवस्था

५. डिजिटल डेमोक्रेसीको व्यवस्था गर्ने

६. परिवारवादलाई पूर्ण रूपमा निषेध

७. भ्रातृसंगठन र कार्यकर्तारहित​