close

संसद्मा पेट्रोलियम पदार्थबारे बहस : मन्त्री बडूको अभिव्यक्तिप्रति आपत्ति

संसद्मा पेट्रोलियम पदार्थबारे बहस : मन्त्री बडूको अभिव्यक्तिप्रति आपत्ति

Trulli
ADVERTISEMENT

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेकाले सो विषयले संसद्मा स्थान पाएको छ । आज संसद्मा बोल्ने अधिका‌ंश सांसदले पेट्रोलियम पदार्थको विषय उठाए ।

नेकपा एमालेको सांसद् योगेश भट्टराईले चीनलागयत देशले रुस–युक्रेनपछि सस्तो बजार खेजेर तेल खरिद गरेको बताउँदै नेपालले पनि सस्तो बजार खोज्नुपर्ने बताए ।

‘चीन, रुस, युक्रेनले सस्तो बजार खोजेर सस्तो पेट्रोलियम पदार्थ आपूर्ति गरिसके हामी सस्तो बजार किन खोज्दैनौँ,’ सांसद भट्टराईले भने । 

त्यसैगरी, नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले पेट्रोलियम पदार्थ खरिदका लागि सस्तो बजार खोज्न सरकारलाई आग्रह गरे । 

यस्तै, नेपाल किसान मजदुरका सांसद प्रेम सुलवालले पेट्रोलियम पदार्थका लागि भारतको विकल्प खोज्नुपर्ने बताए । भारतमा भर पर्दा नेपाल समस्यामा परेको उनको भनाइ थियो ।

 प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद नवीना लामाले इन्धनको मूल्यवृद्धिबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले दिएको जवाफ गैरजिम्मेवारपूर्ण रहेको बताइन् ।

मंगलबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले संसद्मा पेट्रोलियम पदार्थको मूल्यवृद्धि काबु बाहिरको अवस्था रहेको बताएका थिए ।

रुस-युक्रेन युद्धका कारण विश्व बजारमा नै पेट्रोलियम पदार्थ तथा इन्धनको मूल्य बढेको उनको भनाइ थियो ।