close

एकीकृत समाजवादीले बोलायो, तीनै तहका कमिटीको बैठक

एकीकृत समाजवादीले बोलायो, तीनै तहका कमिटीको बैठक

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनको समीक्षाका लागि तीनै तहका कमिटीको बैठक बोलाएको छ ।

मंगलबार बसेको  केन्द्रीय सचिवालयको बैठकले पोलिटब्युरो, केन्द्रीय कमिटी र केन्द्रीय परिषदको बैठक तय गरेको हो । केन्द्रीय परिषद्को बैठक एकीकृत समाजवादीले पहिलो पटक बोलाएको हो ।

केन्द्रीय परिषद बैठकमा स्थायी कमिटी सदस्य, पोलिटब्युरो सदस्य, केन्द्रीय कमिटी सदस्य, केन्द्रीय विभाग सदस्य, जेष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय सल्लाहार लगायतका सदस्य स्वतः सदस्य हुने व्यवस्था छ ।