close

पार्टीभित्र तमासा हुँदा स्वतन्त्र उम्मेदवार  अगाडि आए : आरजु राणा

पार्टीभित्र तमासा हुँदा स्वतन्त्र उम्मेदवार  अगाडि आए : आरजु राणा

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य  आरजु देउवाले पार्टीभित्र तमासा हुँदा स्वतन्त्र उम्मेदवार  अगाडि आएको बताएकी छिन् । 

नेपाली कांग्रेस पर्वतले आयोजना गरेको स्थानीय जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रमा उनले यस्तो बताएकी हुन् । 

‘हाम्रो तमासले गर्दा स्वतन्त्र अगाडि आए । आफू–आफू झगडा गरेपछि अरुले फाइदा लिन्छ,’ उनी भन्छिन्, ‘हामी मिल्नुपर्छ । भोलि चुनावमा जित्ने कुरा गरिरहेका छौं । त्यसका लागि घर बलियो बनाउनुपर्छ ।’ 

 

 नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु देउवाले पार्टीप्रति जनविश्वास बढाउन स्थानीय तहका जनप्रतिनिधिले राम्रो काम गर्नुपर्ने बताएकी छन् । 

‘बिहानीले दिनको संकेत गर्छ भने झै तपाईहरुले सुरुमै राम्रो काम थाल्नुपर्छ,’ उनले भनिन्, ‘यसले पार्टीप्रति जनविश्वास पढ्छ । हरेक दिन सकारात्मक सोच्नुस् । सकारात्मक उर्जा निकाल्नूस् । हामीले देश बनाउने हो ।’