close

सरकारी सहीछाप कीर्ते मुद्दामा दोषी ठहर भएपछि एमाले सांसद पदमुक्त

सरकारी सहीछाप कीर्ते मुद्दामा दोषी ठहर भएपछि एमाले सांसद पदमुक्त

Trulli
ADVERTISEMENT

काठमाडौं । सरकारी छाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहरिएपछि एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य गुलेफुन खातुन पदमुक्त भएकी छन् । 

जिल्ला र उच्च अदालतबाट भएको फैसलालाई सर्वोच्च अदालतले सदर गरेपछि उनी दोषी ठहरिएकी हुन् । खातुनलाई सरकारी सहीछाप किर्ते मुद्दामा विराटनगरस्थित उच्च अदालतले कैद सजाय सुनाएको थियो । उक्त कैद सजायको फैसलाविरुद्ध सर्वाोच्च अदालत पुगेकी खातुनलाई पुनः सुनुवाइका लागि निस्सा नदिने आदेश दिएसँगै उनी पदमुक्त भएकी हुन् । 

उच्च अदालतको फैसलाविरुद्ध खातुनले सर्वोच्चमा इन्साफ दोर्‍यायाई पाउँ  भनि निवेदन दिएकी थिइन् । निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश सुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले जेठ २५ गते निस्सा नदिने आदेश गरेको थियो । 

जिल्ला अदालत मोरङले २०७४ बैशाख ३१ गते नै उक्त मुद्दामा फैसला गरी कसुर ठहर गरेको थियो ।