close

पोखरा महानगरको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

पोखरा महानगरको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

Trulli
ADVERTISEMENT

काठमाडौं । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आगामी २ वर्षभित्र मुख्य सहरी क्षेत्रका टेलिफोन र अन्य तार हटाएर भूमिगत बनाउने घोषणा गरेका छन् ।

आव २०७९/८०को नीति तथा कर्यक्रम सार्वजनिक गर्दै मेयर गुरुङले सो बताएका छन् । 

‘आगामी दुई वर्षभित्र प्रमुख शहरी क्षेत्रभित्रका टेलिफोनका तार र अन्य तार हटाई भूमिगत अप्टिकल फाइवर जडान गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘नेपाल विद्युत प्राधिकरणसँगको सहकार्य र लागत साझेदारीमा विजुलीका तार भूमिगत गरी शहरी जोखिम न्यून गरिनेछ र सुन्दरता बढाइनेछ ।’

यस्तै, महानगरले आर्थिक वर्ष ०७९/८० मा पुनः उक्त बसपार्कको क्षेत्रफल यकिन गर्ने र अव्यवस्थित बसोबासीलाई बहुतले भवन बनाएर स्थानान्तरण गर्ने योजना ल्याएको छ ।

पोखरा बसपार्कलाई पोखरा ३२ लामे आहालमा स्थानान्तरण गर्ने र हालको बसपार्कलाई ‘सिटी बसपार्क’ का रुपमा विकास गर्न सम्भाव्यता अध्ययन गर्ने महानगरको आगामी वर्षको नीति छ ।

त्यस्तै, पोखरा महानगरपालिकाले प्रत्येक आर्थिक वर्षको पहिलो ६ महिनाभित्र तीन हजारलाई रोजगार दिने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । 

महानगरमा रोजगारी थप गर्न भाषा, होटल म्यानेजमेन्ट, मोबाइल मर्मत कृषि स्रोत व्यक्ति, जडिबुटी संकलन, ब्युटिसियन, प्लम्बिङ, इलेक्ट्रिसियन, भेटेनरी, इम्ब्रोइडरी, ह्यान्डलुम, ग्राफिक्स डिजायन, वेभपेज डिजाइन, भिडियो एडिटिङ, वेटर आदिजस्ता सीप तथा तालिम दिइने मेयर आचार्यले बताए ।