close

रबि लामिछानेको पार्टी दर्ता रोक्न माग गर्दै २ वटा उजुरी

रबि लामिछानेको पार्टी दर्ता रोक्न माग गर्दै २ वटा उजुरी

Trulli
ADVERTISEMENT

काठमाडौं । मंगलबार पूर्वपत्रकार रबि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेपछि  कुनै पनि पार्टमा आवद्ध हुन नचाहनेहरूको स्वतन्त्रतामाथि आघात पुगेको भन्दै निर्वाच आयोगमा दुईवटा उजुरी दर्ता भएको छ । 

निर्वाचन आयोगमा दल दर्ताका लागि लामिछानेले दिएको निवेदन खारेजीको माग गर्दै उजुरी परेको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता रोक्न निर्वाचन आयोगमा उजुरी परेको हो । बुधबार आगामी प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका मनोज पण्डित, राजकुमार बजगाइँ, पुष्कर शाहसहित ४ जनाले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता रोक्न माग गर्दै आयोगमा उजुरी दिएका हुन् । 

यसअघि स्वतन्त्र उम्मेदवारी अभियानका तर्फबाट डम्बर साहले स्वतन्त्रप्रतिको बढ्दो आकर्षणलाई मुठ्ठीमा कब्जा गर्ने दूषित मनसाय राखेर पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी राखेको भन्दै उजुरि दर्ता गरिसकेका छन् । डम्बर साहले स्थानीय निर्वाचनभन्दा आठ महिनाअघि स्वतन्त्र उम्मेदवारी अभियान गठन गरेका हुन्।