close

मन्त्री हेरफेरका लागि दबाब दिने समाजवादीको निर्णय

मन्त्री हेरफेरका लागि दबाब दिने समाजवादीको निर्णय

Trulli
ADVERTISEMENT

काठमाडौं । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एकीकृत समाजवादीले मन्त्री हेरफेरका लागि गरेको सिफारिस कार्यान्वयनबारे भएको ढिलाइबारे सरकारलाई सोध्ने निर्णय भएको बताएका छन् ।

आज बसेको सो पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको झलनाथ खनालले बताए ।

‘आज सचिवालयको बैठक बसेको थियो तुरुन्तै पोलिटब्यूरोको बैठक, केन्द्रीय समितिको बैठक, केन्द्रीय परिषद्को बैठकको तयारीको विषयका छलफल गर्‍यौँ,’ उनले भने, ‘यसबाहेक मन्त्रिमण्डलमा हाम्रो टिमलाई बदल्ने भनेर निर्णय गरेका छौँ । त्यो निर्णयलाई सरकारले अहिलेसम्म किन कार्यान्वयन गरेका छैन रु तुरुन्तै कार्यान्वयन गर्नुपर्‍यो भनेर निर्णय भएको छ ।’