close

कांग्रेस उपसभापति गुरुङले मागे कृषिमन्त्री र शिक्षामन्त्रीको राजीनामा

कांग्रेस उपसभापति गुरुङले मागे कृषिमन्त्री र शिक्षामन्त्रीको राजीनामा

Trulli
ADVERTISEMENT

काठमाडौं । कांग्रेस उपसभापति गुरुङले मागे कृषिमन्त्री महेन्द्र राय यादव र शिक्षामन्त्री देवेन्द्र पौडेलको राजीनामा माग गरेका छन् । 

कृषिमन्त्रीले किसानलाई समयमा मल शिक्षा मन्त्रीले विद्यार्थीलाई समयमा किताब दिन नसकेको भन्दै उनले राजीनामा माग गरेका हुन्  ।

उपसभापति गुरुङले कृषिमन्त्री महिन्द्रराय यादव र शिक्षामन्त्री देवेन्द्र पौडेलले मन्त्री पदमा टाँसिरहनुलाई राजनीतिको विकृत रुपको संज्ञा दिए ।

‘राजनीतिको विकृत रुप किसानलाई समयमा मल दिन नसक्ने, विद्यार्थीलाई समयमा किताब दिन नसक्ने। तैपनि मन्त्री पदमा टाँसिरहने । जिम्मेवारी पुरा गर्न नसकेपछि राजीनामा दिने ‘पोलिटिकल कल्चर’ मरिसकेकै हो त ?,’ सामाजिक सञ्जालमार्फत उनले प्रश्न उठाएका छन् ।