close

माओवादीको प्राथमिकतामा लोकप्रिय उम्मेदवार

माओवादीको प्राथमिकतामा लोकप्रिय उम्मेदवार

Trulli
ADVERTISEMENT

काठमाडौं । जनतामाझ जो लोकप्रिय उसैलाई उम्मेदवार बनाउनु पर्नेमा नेकपा एमालेका अध्यक्ष प्रचण्डले जोड दिएका छन् । 

बिहीबार ललितपुरका जनप्रतिनिधिलाई प्रशिक्षण दिन आयोजित कार्यक्रममा उनले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन नजिक आएको हुँदा जनतामाझ राम्रो काम गरेर लोकप्रिय भएकालाई उम्मेदवार बनाउनुपर्ने बताएका हुन् ।

'स्थानीय तहको निर्वाचन गइहाल्यो । संघ र प्रदेशको चुनाव संघारमै आइसकेको छ । निर्वाचन जित्नको लागि लोकप्रिय उम्मेदवार को हुन सक्छ ? टिकट कसले पाउनेभन्दा पनि कसले जित्छ भन्ने मुख्य हुँदा रछन् । स्थानीय तहको निर्वाचनमा हामीले जुन नेतालाई जनताले रुचाएका थिए । जुन नेता लोकप्रिय थिए त्यहाँ हामीले जितेका छौं । प्रतिकुल भएका ठाउँमा पनि जितेका छौं,' प्रचण्डले भने । 

उनका अनुसार उम्मेदवारको सही छनौट भयो भने संघीय र प्रदेश चुनावमा नेकपा माओवादी बामपन्थी पहिलो पार्टी हुने भन्दै कार्यकर्ताहरूलाई निर्देशन दिएका हुन् ।  प्रचण्डले निर्वाचनमा आफैँ जित्ने गरी बलियोसँग लाग्न निर्देशन दिँदै संगठन विस्तारको कामलाई योजनाबद्ध ढंगले रातदिन खटेर काम गर्न सबैलाई कार्यकर्तालाई आग्रह गरेका हुन् ।

नेपाली कांग्रेस अबको चुनावमा पहिलो पार्टी हुने सम्भावना रहेको संकेत गर्दै देशको दोस्रो र वामपन्थीको पहिलो पार्टी बन्ने दाबी गरे ।