close

एमालेनिकट राष्ट्रिय सभा सदस्य बालकोटमा

एमालेनिकट राष्ट्रिय सभा सदस्य बालकोटमा

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेबाट निर्वाचित राष्ट्रियसभा सदस्य अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् ।

केही बेरअघि मात्र उनीहरू बालकोट पुगेका हुन्  । सांसद र अध्यक्षको भेटमा  राष्ट्रियसभामा एमालेको भूमिका, राष्ट्रिय राजनीति, संसदीय समितिका सभापति चयनलगायतबारे छलफल हुने बताइएको छ । 

 

एमाले राष्ट्रियसभा संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराईले आफूहरु अध्यक्षसँग कुरा राख्नका बालकोट पुगेको बताए । 

‘समितिका सभापति रिक्त हुनु भनेको संसदीय अभ्यासमा राम्रो होइन, तर सत्ता पक्षको ध्यान यता गएको छैन’, भट्टराईले भने ।