close

समाजवादीमा मन्त्री लफडा : ‘नयाँ मन्त्री आउँछन्, मन्त्री पदबाट फिर्ता भएकाहरूले पार्टी छाड्ने तागत राख्दैनन्’

समाजवादीमा मन्त्री लफडा : ‘नयाँ मन्त्री आउँछन्, मन्त्री पदबाट फिर्ता भएकाहरूले पार्टी छाड्ने तागत राख्दैनन्’

Trulli
ADVERTISEMENT

काठमाडौं । एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले सरकारमा रहेका मन्त्री भोलिसम्म फिर्ता हुने बताएका छन् । 

शुक्रबार पार्टी कार्यालयमा सञ्चारकर्मीहरूसँग भएको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् । 

यस्तै, उनले शनिबार बेलुकासम्म नयाँ मन्त्रीहरूले शपथ लिइसक्ने पनि बताए । 

मन्त्री बनेकाहरूलाई फिर्ता बोलाउन ढिला भइसकेको बताउँदै सञ्चारकर्मीले सोधको प्रश्नमा उनले भने, ‘मन्त्री पदबाट फिर्ता गरेकै भरमा उहाँहरूले पार्टी छाड्ने तागत राख्नुहुन्न । 

मन्त्रीहरू फिर्ता हुन मानेनन् अब के गर्नुहुन्छ भन्ने जिज्ञासामा उनले भने, ‘यी साथीहरू जान्छन्, अर्को टोली आउँछ ।’

एकीकृत समाजवादीमा केही दिन यता मन्त्री पदको विषयलाई लिएर लफडा भइरहेको छ ।