close

एमालेको नेतृत्वमा मात्रै समाजवादमा पुग्न सकिन्छ : केपी ओली

एमालेको नेतृत्वमा मात्रै समाजवादमा पुग्न सकिन्छ : केपी ओली

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अरूलाई साथमा लिएर नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा मात्रै समाजवादमा पुग्न सकिने बताएका छन् । 

शुक्रबार माओवादी नेता जीवन गौतमलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । 

‘प्रतिकृयावादीको नीति र नेतृत्वमा समाजवादमा पुग्न सकिन्छ भन्न सकिँदैन र हुँदैन, कम्युनिस्ट पार्टीको नीति र नेतृत्वमा सकिन्छ र अरूलाई पनि साथ लिन सकिन्छ,’ उनले भने ।