close

पार्टीको निर्णय कार्यान्वयन गर्न अध्यक्ष नेपालको मन्त्रीहरूलाई आग्रह

पार्टीको निर्णय कार्यान्वयन गर्न अध्यक्ष नेपालको मन्त्रीहरूलाई आग्रह

Trulli
ADVERTISEMENT

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्री पदबाट फिर्ता हुन नचाहिरहेका आफ्ना पार्टीका नेतालाई पार्टीको निर्णय कार्यान्वयनमा लाग्न आग्रह गरेका छन् । 

पार्टीको तर्फबाट सरकारमा सहभाती मन्त्रीले पार्टीको निर्णयबमोजिम फिर्ता हुन नचाहिरहेको अवस्थामा शुक्रबार बसेको पोलिटव्युरो बैठकमा अध्यक्ष नेपालले यस्तो आग्रह गरेका हुन् । 

प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठकमा अध्यक्ष नेपालले भोलिसम्म पार्टीको निर्णय कार्यान्वयन हुने बताएको पालिका खबरलाई जानकारी दिए । 

‘पार्टीको निर्णय कार्यान्वयन हुन्छ । आज, भोलिभित्रै कार्यान्वयन हुने कुरा भएको छ । उहाँले (नेपालले) केन्द्रीय कमिटी बैठकमा धेरै कुरा भन्छु भन्नुभएको छ,’ खतिवडाले भने, ‘ हामीले गरेको निर्णय आफैँ कार्यान्वयन गर्न लाग्नुहोस् भन्ने सुझाव दिनुभएको छ ।’ 

यस्तै, बैठकमा गठबन्धनलाई प्राथमिकता दिने, तर गठबन्धन नै सबै चिज हो भनेर लागि नपर्ने भनी माधव नेपालको भनाइ रहेको उनले बताए ।