close

ओलीको आरोप : प्रचण्ड इमानदार नहुँदा नेकपा विभाजन भयो​​​

ओलीको आरोप : प्रचण्ड इमानदार नहुँदा नेकपा विभाजन भयो​​​

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड इमानदार नहुँदा नेकपा विभाजन भएको बताएका छन् ।

शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

‘बडो दुःखका साथ सफलता हात पारेको पार्टीलाई प्रचण्डले प्रतिक्रियावादी सामू अर्पण गर्दा दुखित छु,’ अध्यक्ष ओलीले भने । 

यस्तै, पार्टी एकताका बेला दिएको सिट संख्यालाई प्रचण्डले चरम दुरुपयोग गरेको ओलीको आरोप छ । 

उनले भने, ‘हामीले प्रचण्डलाई लखेटेको होइन । प्रचण्डसँग त एकता नै गरिएको हो । तर प्रचण्डले एकता गर्दा पनि इमानदारिताका साथ गर्नुभएन । एकतावद्ध रहँदा पनि इमानका साथ काम गर्नुभएन । र, बेइमानपूर्ण ढंगले हट्नुभयो । एकताको निम्ति बनाइदिएको कमिटी, एकताको निम्ति दिइएको संख्या त्यसलाई यति चरम दुरुपयोग गर्नु भयो कि पार्टीको अध्यक्षलाई साधारण सदस्यबाट निष्काशन गर्नुभयो । पार्टी अध्यक्षलाई साधारण सदस्यबाट समेत एकता, अनेकता के गरेको हो ? तपाईंहरु आफै विचार गर्नुस् । पार्टी अध्यक्षमाथि गम्भीर आरोपको पुलिन्दा बनाउनुभयो उहाँले । र, ती आरोपका साथ पार्टी विभाजनको खेती गर्नुभयो उहाँहरुले । यो बडो दुःखद् कुरा थियो ।’