close

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै, मन्त्री हेरफेरको विवादमा छलफल

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै, मन्त्री हेरफेरको विवादमा छलफल

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । 

आज शनिबार र आइतबार केन्द्रीय कमिटीको बैठक तय भएको महासचिव डा. वेदुराम भुसालले जानकारी दिए । 

काठमाडौंको बबरमहलस्थित कार्की पार्टी ब्यांकेटमा बिहान ११ बजे बैठक बोलाइएको छ ।

बैठकमा पार्टीभित्र उत्पन्न विवादबारे छलफल हुने एक नेताले जानकारी दिए । 

एकीकृत समाजवादीले पार्टीबाट प्रतिनिधित्व गरेर मन्त्री बनेकालाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरु पठाउने निर्णय गरिसकेको छ । 

तर, पार्टीको निर्णय अव्यावहारिक भएको भन्दै मन्त्रीसहित केही सांसदले निर्णयको विरोध गरेका छन् ।

केन्द्रीय कमिटी बैठकको तयारी लगायतका विषयमा समाजवादीको पोलिट व्यूरो बैठक शुक्रबार बसेको थियो । तर, बैठक एजेण्डाभन्दा केन्द्रित हुने सकेन ।