close

नेकपा एकता अभियानलाई अब पार्टीको रुपमा लैजानुपर्छ : बामदेव

नेकपा एकता अभियानलाई अब पार्टीको रुपमा लैजानुपर्छ : बामदेव

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक तथा राष्ट्रियसभा सदस्य बामदेव गौतमले प्रचण्डले केपी शर्मा ओलीमाथि लगाएको १९ पृष्ठ लामो आरोप फिर्ता लिएको भए तत्कालीन नेकपा विभाजन नहुने दाबी गरेका छन्। 

नेकपा एकता राष्ट्रिय अभियानको राष्ट्रिय भेलालाई सम्बोधन उनले ओलीले प्रधानमन्त्री छाड्न तयार भए पनि प्रचण्डले आरोपपत्र फिर्ता ल्याउन नमानेको बताए। 

उनले भने, ‘०७७ पुस ४ गते ओली र प्रचण्डबीच वार्ता भइरहेको बेलामा मलाई बोलाउनुभयो । ओलीले म पार्टी एकताको लागि के त्याग गर्नुपर्छ गर्छु एकता जोगाऔँ भन्नुभयो। तपाईंहरूले मेरोविरुद्ध राखेको आरोप फिर्ता लिनुस् । दुई पदमध्ये एक पद छाड्छु भन्नुभयो । तर, प्रचण्डले अस्वीकार गर्नुभयो ।’

साथै उनले पार्टी एकता अभियानलाई पार्टीकै रुपमा अगाडि लैजानुपर्ने बताएका छन् । “नेकपा एकता राष्ट्रिय अभियानलाई नेकपा एकता संयोजन समितिमा रुपान्तरण गरौं की भन्ने सोचेको थिएँ। केही दिन विचार गरेपछि मैले संशोधन गरेको छु,” राष्ट्रिय भेलालाई सम्बोधन गर्दै गौतमले भने,  “नेकपा एकता राष्ट्रिय अभियान जारी राख्नुपर्छ, यो पार्टीको रुपमा लैजानुपर्छ।”

वडा तहसम्म कमिटी गठन गरेर काम गर्नुपर्ने बताएका छन्। यसको मूल उद्देश्य कम्युनिष्ट पार्टीलाई एकीकृत गर्ने रहेको उनको भनाइ छ।