close

संसद् बैठक आज, यस्ता छन्  कार्यसूची

संसद् बैठक आज, यस्ता छन्  कार्यसूची

Trulli
ADVERTISEMENT

काठमाडौं । आज राष्ट्रिय सभाको बैठक  बस्दैछ । बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।  

आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरुले उठाएका मन्त्रालयगत प्रश्नमा आज मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची संघीय संसद सचिवालयको छ । 

त्यस्तै आज १ बजे प्रतिनिधिसभाको बैठक पनि बस्दैछ । प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले लोक सेवा आयोगको ६२औं वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची छ ।

बैठकमा वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले ग्लोबल ग्रिन ग्रोथ इस्टिच्युटको सहभागितामूलक सदस्यका रुपमा प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस् भनेर प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयको छ ।