close

आलेले बुझाए राजीनामा

आलेले बुझाए राजीनामा

Trulli
ADVERTISEMENT

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पार्टी अध्यक्ष माधव नेपाललाई मन्त्री पदको राजीनामा बुझाएका छन् । एकीकृत समाजादीले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरूलाई फिर्ता बोलाए पनि मन्त्रीहरूले पदबाट विभिन्न बाहनामा मन्त्री पदबाट फिर्ता हुन नचाहिरहेका बेला मन्त्री आलेले पार्टी अध्यक्ष नेपाललाई आफ्नो राजीनमा बुझाएका हुन् ।    

एक स्रोतका अनुसार उनले आजै करिब ११ बजे उनले अध्यक्षलाई आफ्नो पदको राजीनामा बुझाएका थिए । 

शुक्रबारको पोलिटब्युरो बैठकमा पनि मन्त्री आलेले ४८ घण्टाभित्र राजीनामा बुझाउने बताएका थिए ।  जेठ २२ गतेको सचिवालय बैठकले मन्त्रीहरु हेरफेर गर्ने निर्णय गरे पनि मन्त्रीहरुले असन्तुष्टि जनाउँदै आएका थिए ।