close

सुदूरपश्चिम प्रदेश सभा असार १६ सम्म स्थगित

सुदूरपश्चिम प्रदेश सभा असार १६ सम्म स्थगित

Trulli
ADVERTISEMENT

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक अगामी असार १६ गतेसम्मका लागि स्थगित गरिएको छ । प्रदेशसभा सचिवालयले सूचना टाँस्दै १६ गतेसम्म बैठक स्थगित भएको जानकारी गराएको हो । 

असार १ गते आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले प्रदेशसभामा अगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा असन्तुष्टि जनाउँदै संशोधन गर्न सांसदहरूले माग गरेका छन् ।

बजेटमा सरकारविरूद्ध सत्तारूढ र विपक्षी दलका सांसद एकजुट भएपछि प्रदेशसभाको बैठक चल्न सकेको छैन ।

सरकारको आग्रहमा बैठक स्थगित भएको एक प्रदेश सांसदको भनाइ छ ।