close

‘समाजवाद’बारे शंकर पोखरेल र रामचन्द्र पौडेलबीच जुहारी

‘समाजवाद’बारे शंकर पोखरेल र रामचन्द्र पौडेलबीच जुहारी

Trulli
ADVERTISEMENT

  काठमाडौं । नेपाली का‌ंग्रेसका नेता रामचन्द्र पौडेलले नेकपा एमालेका महासचिव शंकर पोखरेलको अभिव्यक्तिको खण्डन गरेका छन् ।

नेकपाका स‌ंस्थापक नेता नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको समाजवादको लक्ष्य र चुनौती विषया आयोजित कार्यक्रममा महासिचव पोखरेलले वाम दलले कांग्रेससँग गठबन्धन गरेर समाजवादमा पुग्न सकिँदैन भनी दिएको अभिव्यक्तिको उनले खण्डन गरेका हुन् ।

पौडेलभन्दा अघि बोलेका महासचिव पोखरेलले कसैकाे रिसले बनेकाे गठबन्धनबाट मुलुकलाई फाइदा नहुने  र समाजवादको संकल्प झुटो हुने  तथा नेपाली कांग्रेससँग गठबन्धन गरेर समाजवाद असम्भव  भन्ने अभिव्यक्ति दिएका थिए ।

पोखरेलको अभिव्यक्तिको खण्डन गर्दै पौडेलले भने, ‘यो संविधान जोगाए मात्रै समाजवादको जग जोगिन्छ ।’ 

पौडेलले एमालेले संविधान भत्काउन लागेकाले गठबन्धन बनेको पनि बताए ।

 ‘म शंकरजीलाई भन्न चाहान्छु कि समाजवादमा पुग्ने आधार अहिलेको संविधान हो । यो भत्काउन लागेकाले जोगाउन गठबन्धनको आवस्यकता परेको हो’ पौडेलको भनाइ छ । उनले समाजवादका लागि नेता कार्यकर्ताको कार्यशैली बदल्नुपर्ने पनि बताए ।

पौडेलले आफूले बुझेको समाजवाद निमुखालाई न्याय र विपन्नलाई आय भएको बताएका छन् ।