close

आइजिपी नियुक्तिविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा

आइजिपी नियुक्तिविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा

Trulli
ADVERTISEMENT

काठमाडौं । आइजिपी नियुक्तिविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा परेको छ । 

समय अभावको कारण देखाउँदै आज पनि हेर्दा हेर्दैमा राखिएको हो । यसअघि जेठ ३० र असार ५ गते पनि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।

आजको मुद्दामा महान्यायाधिवक्तासहित सरकारी वकिलहरूले बहस गरेका थिए ।  वैशाख १८ मा मन्त्रिपरिषद्ले  सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आइजिपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । 

सो रिटमा जेठ १७ मा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासले एआईजी बढुवा विरुद्धको रिटका प्रत्यर्थी धीरजप्रताप सिंह, रविन्द्रबहादुर धानुक र वसन्त पन्तको म्याद तामेल गरेर जेठ ३० मा सुनुवाइका लागि पेश गर्न आदेश गरेका थिए । त्यसयता सबै मुद्दा एकै ठाउँमा राखेर सुनुवाइ हुँदै आएको छ ।