close

एसपीपीमा आबद्ध नहुने निर्णय अमेरिकालाई पठाइयो : गृहमन्त्री

एसपीपीमा आबद्ध नहुने निर्णय अमेरिकालाई पठाइयो : गृहमन्त्री

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपालले अमेरिकालाई स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीमा आबद्ध नहुने निर्णय पठाएको गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् । 

२०७९ असार ६ गते बसेको मन्त्रिपरिषद् बैठकले एसपीपीमा सहभागी नहुने निर्णय गरेको थियो । सोही निर्णयको अमेरिकी सरकारलाई पत्र लेखेर पठाएक गृहमन्त्रीले राष्ट्रियसभा बैठकमा आज जानकारी दिएका छन् । 

सोमबार राष्ट्रियसभाको बैठकमा बोल्दै गृहमन्त्री खाँणले भने, ‘अमेरिकन सेना र नेपाली सेनाको बीचमा सहयोग आदन प्रदानको सन्दर्भमा स्टेट पाटनरसिप प्रोग्राम हुन्छ कि भन्ने देशभरि एउटा चर्चाको प्रसंग थियो र सदनमा पनि गम्भीरतापूर्वक छलफल र बहसमा आएको थियो । त्यसपछि मन्त्रिपरिषद‍्ले नै स्टेट पार्टरनसिप प्रोग्रामलाई अगाडि बढाइने छैन भन्ने निर्णय गर्‍यो । त्यो निर्णय हामीले परराष्ट्र मन्त्रालयमार्फत पठाएका छौं’