close

सामाजवाद एटम बम र मिसाइलले पनि रोक्न सक्दैन : झलनाथ खनाल

सामाजवाद एटम बम र मिसाइलले पनि रोक्न सक्दैन : झलनाथ खनाल

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले विश्वभर पुँजीवादको दाँत फुक्लिसकेको बताएका छन् । नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको समाजवादबारेको अन्तरक्रियामा बोल्दै खनालले पुँजीवाद कमजोर भइसकेको बताएका हुन् । 

'पुँजीवाद बचाउन अमेरिकाजस्तो देशले विश्वका ८० वटा देशमा सैन्य क्याम्पहरू खोलेको छ, ती मेलिटरी कम्प्लेक्सकै कारण दुनियाँमा पुँजीवाद र पुँजीवादी लोकतन्त्र बचेको छ, त्यस कारण बुढो भइसकेको पुँजीवादको आयु लामो छैन’, खनालले भने ।

पुँजीवाद अस्ताउने समयमा पुगिसकेको हुँदा समाजवादलाई धरतीको कुनै तागतले रोक्न नसक्ने उनको दावी छ । समाजवादी शक्तिबीच सहकार्य नहुँदा नेपालमा समाजवाद आउन नसकेको उनको भनाइ छ ।