close

गठबन्धनको उद्देश्य सत्ता स्वार्थमात्रै : ज्ञवाली

गठबन्धनको उद्देश्य सत्ता स्वार्थमात्रै : ज्ञवाली

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धनको मुख्य उद्देश्य सत्ता स्वार्थ भएको बताएका छन् ।

भरतपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् । 

गठबन्धन सरकार आएदेखि मुलुकले एकपछि अर्को गम्भीर संकटको सामना गरिरहेकोसमेत उनले टिप्पणी गरे ।

मुलुक आर्थिक हिसाबले मुलुक अत्यन्त जोखिमको अवस्थामा पुगेको भन्दै उनले भने, ‘अर्थतन्त्रका हरेक सूचकहरुमा रातो बत्ती बलिरहेको स्थिति छ ।’

आइतबार राजधानीमा भएको एक कार्यक्रममा एमाले र गठबन्धनमा आबद्ध अन्य दलबीच गठबन्धन र समाजवादबारे बहस भएको थियो ।