close

बामदेवले गरे नयाँ दलको घोषणा, सात जना उपाध्यक्ष रहने

बामदेवले गरे नयाँ दलको घोषणा, सात जना उपाध्यक्ष रहने

Trulli
ADVERTISEMENT

काठमाडौं । पूर्व नेकपा तथा नेकपा एमाले नेता बामदेव गौतमले नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका छन् ।

गौतमले मंगलबारपत्रकार सम्मेलन गरी नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका  हुन् । 

पार्टीको संयोजक आफैँ रहेका गौतमको पार्टीमा केन्द्रीय सदस्यको संख्या ७५ छ । 

साथै गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान पार्टी बहुपदीय समेत हुने छ ।

गौतम संयोजक रहने पार्टीमा सात जना उपाध्यक्षको व्यवस्था गरिएको छ । पार्टी घोषणा कार्यक्रममा संयोजक गौतमले पार्टी बहुपदीय पद्धतिमा जाने बताएका हुन् । घोषणा अनुसार एक अध्यक्ष, प्रत्येक प्रदेशमा इन्चार्ज बन्ने गरी ७ जना उपाध्यक्ष र एकजना महासचिव हुनेछन् ।

यस्तै एकजना उपमहासचिव, एक उपमहासचिव र एकजना सचिवको व्यवस्था रहने गौतमले बताए । उनका अनुसार दैनिक कार्य सञ्चालनका लागि १५ सदस्यीय स्थायी कमिटी हुनेछ ।

पार्टी घोषणा सभामा पदाधिकारीको भने उनले घोषणा गरेनन् । यस्तै गौतम संयोजक रहेको सचिवालय निर्माण गर्ने र त्यसले अरू दलहरूसँग वार्ताका लागि समन्वय गर्ने उक्त पार्टीले जनाएको छ ।