close

जनताको बहुदलीय जनवाद नेपालमा लागू हुन्छ : ओली

जनताको बहुदलीय जनवाद नेपालमा लागू हुन्छ : ओली

Trulli
ADVERTISEMENT

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्य देशमा ‘जनताको बहुदलीय जनवाद’ नेपाल गर्न नसक्ने बताएका छन् ।

मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधनका क्रममा ओलीले यस्तो बताएका हुन् । 


‘जबज विश्वव्यापी रुपमा हामी लागू गर्न सक्दैनौं तर नेपालमा सक्छौं,’ उनले भने, ‘अन्यत्र गएर लागू गर्न सक्दैनौं । यसको सहीपना, सफलताको अवश्यंभावीतालाई बुझे अरुले पनि लागू गर्न सक्लान् । हामीले हाम्रो कार्यक्षेत्रमा त्यसलाई लागू गर्ने हो ।’


कतिपयले जबजलाई त्यतिबेलाको संकटमोचन भन्नेमात्र ठानेको पनि ओलीको टिप्पणी थियो । उनले भने, ‘तत्कालीन परिस्थिति, तत्कालीन संकट पनि जबज प्रतिवादनको प्रेरक तत्व हुन सक्छ । तर प्रश्न त्यतिमात्र होइन, कम्युनिस्ट आन्दोलनलाई सामाजिक न्याय र समानतासहितको समृद्धि–उन्नतिको, विज्ञान, प्रविधिको सदुपयोग सबै मानवसम्म पहुँच जरुरी थियो । हाम्रा प्रयास त्यसका निम्ति हुन् ।’​