close

एसपीपीलाई लेखेको पत्रबारे ओलीको आग्रह : हातले मिति नलेखेको पत्र निकाल्नूस्

एसपीपीलाई लेखेको पत्रबारे ओलीको आग्रह : हातले मिति नलेखेको पत्र निकाल्नूस्

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) बारे अमेरिकी दूतावासलाई सत्य बोल्न आग्रह गरेका छन् । 

मदन भण्डारी फाउन्डेसनले मंगलबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले आफ्नो पालामा नेपाली सेनाले पत्र नलेखेको बताउँदै  ओलीले यस्तो दूतावासलाई यस्तो आग्रह गरेका हुन् । 

नेता ओलीले भनेका छन्, ‘यो पत्र म प्रधानमन्त्री नहुँदै एम्बेसीमा पठाइएको थियो । यसबारे सत्य अमेरिकी एम्बेसीले बोलोस् भन्ने चाहान्छु ।’


ओलीले पत्रमा मिति र चलानी नम्बर हातले लेखेको विषयलाई लिएर पनि सेनाप्रति आपत्ति जनाएका थिए । टिपेक्स लगाएर मेटाएर हातले नलेखेको पत्र निकाल्न उनले आग्रह गरेका छन् ।