close

वामपन्थी शक्ति एकताबद्ध हुन समाजवादीको केन्द्रीय परिषद बैठकको आह्वान

वामपन्थी शक्ति एकताबद्ध हुन समाजवादीको केन्द्रीय परिषद बैठकको आह्वान

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषदको पहिलो बैठक सकिएको छ । 

कम्युनिस्ट तथा वामपन्थी शक्तिहरुलाई एकताबद्ध हुन आह्वान गर्दै  नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषदको पहिलो बैठक सकिएको हो । 

सोमबार र मंगलबार काठमाडौंमा भएको एकीकृत समाजवादीको केन्द्रीय परिषदको बैठकले १५ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । सो प्रस्तावमा कम्युनिस्ट र वामपन्थी शक्तिलाई राष्ट्रिय हित, लोकतन्त्र, संघीयता, धर्म निरपेक्षता र संविधानको रक्षाका लागि एकतावद्ध हुन आह्वान गरिएको छ ।

एकीकृत समाजवादीले माक्र्सवाद–लेनिनवादको मार्गदर्शनमा सही विचार र राजनीतिक कार्यदिशा अंगालेका तर विभिन्न पार्टी र समूहमा विभक्त भएका कम्युनिस्ट शक्तिलाई समाजवादी क्रान्तिकारी लक्ष्यमा एकताबद्ध हुन आह्वान गरेको छ ।