close

राज्यमन्त्री वलीले दिइन् राजीनामा

राज्यमन्त्री वलीले दिइन् राजीनामा

Trulli
ADVERTISEMENT

बुटवल । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले पदबाट राजीनामा दिएकी छन् । उनले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएकी हुन् । 

जेठ अन्तिममा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोपपछि त्यसबारे छानबिन गर्न सरकारले समिति समेत गठन गरेको थियो ।

पति उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ (ख) मा भएको उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन् । फागुन २३ को सर्वोच्चको फैसलाले नेकपा खारेज गरेपछि वलीले माओवादी केन्द्र रोजेकी थिइन् ।