close

बागमतीमा अब कांग्रेसको सरकार !

बागमतीमा अब कांग्रेसको सरकार !

Trulli
ADVERTISEMENT

हेटौ‌ंडा । नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले चाँडै नै कांग्रेसको सरकार बन्ने दाबी गरेका छन् ।

प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पूर्व सहमति अनुसार सरकार छोड्न अटेर गरेपछि सत्ता साझेदार कांग्रेसले हस्ताक्षर संकलन सुरु गरेको बताउँदै अबको केही दिनमा बागमतीमा कांग्रेसको सरकार बन्ने उनले दाबी गरेका हुन् ।

कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता समेत रहेका बानियाँले सहमतिको प्रक्रिया पूरा गर्न हस्ताक्षर संकलन अभियान सुरु भएको बताए ।

नेपाल प्रेस युनियनको ९ औँ राष्ट्रिय महाधिवेशनको सचिवालय उद्घाटन समारोहमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता बानियाँले हस्ताक्षर अभियानले सहमतिलाई थप मजबुत बनाउने दाबी गरे ।

‘हिजो पनि कांग्रेस–माओवादीले हस्ताक्षर संकलन गरेर मुख्यमन्त्री राजेन्द्र पाडेलाई सहयोग गरेको र आज पनि सोही अनरुपको काम भएको हो,  यो अन्यथाको विषय हैन,’ उनले भने ।

बानियाँले हस्ताक्षर संकलन अभियान कांग्रेससँगै अन्य सत्ता साझेदार दलले पनि गरिरहेको दाबी गरेका छन् ।