close

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी : सिट बाँडफाँड टुङ्ग्याइने

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी : सिट बाँडफाँड टुङ्ग्याइने

Trulli
ADVERTISEMENT

काठमाडौं । बालुवाटारमा सत्ता गठबन्धनबीच सिट बाँडफाँटबारे छलफल जारी छ । 

आज बिहान ९ बजेदेखि सिट बाँडफाँट कार्यदल र नेताहरूको बैठक जारी रहेको बालुवाटार स्रोतले जानकारी दिएको छ। । बुधबार बसेको कार्यदल बैठकले सिट बाँडफाँट प्रतिवेदन आज शीर्ष नेतालाई बुझाउने सहमति गरेका थिए । 

दलहरूले आफूले दाबी गरेका क्षेत्रमा गत चुनावहरूमा प्राप्त मतलगायतबारे विश्लेषणसहित क्षेत्रगत छलफल पनि गरेका छन् । समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची असोज १ मा बुझाउनुपर्ने भएकोले त्यसअघि नै प्रत्यक्षतर्फका सिट बाँडफाँट टुंग्याउने तयारी छ ।