close

गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै

गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै

Trulli
ADVERTISEMENT

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरू बालुवाटारमा आज बिहान ९ बजे बैठक बस्दैछ । 

मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा तालमेल गरेर जाने सहमति गरे पनि सत्ता गठबन्धनमा कुन दलले कति सिटमा उम्मेदवारी दिने भन्ने विषय टुंगिएको छैन।

११ सदस्यीय कार्यदल बनाएर दलहरूले एक महिना छलफल गरे पनि सिट बाँडफाँटको विषय टुंगिन नसकेपछि शीर्ष नेताहरूबाटै छलफल गरी सिट बाँडफाँट टुंग्याउने तयारी छ।

शनिबार पनि बालुवाटारमा गठबन्धनका शीर्ष नेता जुटेर यसबारे छलफल गरेका थिए ।