close

नेपाली कांग्रेसले यस वर्ष चियापान तथा शुभकामना आदान-प्रदान नगर्ने

नेपाली कांग्रेसले यस वर्ष चियापान तथा शुभकामना आदान-प्रदान नगर्ने

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसले  कोजाग्रत पूणिर्माका दिन चियापान कार्यक्रम नगर्ने भएको छ ।

कोजाग्रत पूर्णिमाका दिन प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन मनोनयन दर्ताको कार्यक्रम रहेकाले यस वर्ष शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम नगर्ने नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

२०३३ सालमा बी.पी. कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूणिर्माको दिन चियापान कार्यक्रम गरी शुभकामना आदान-प्रदान गर्दै आएको छ ।