close

सत्ता गठबन्धनभित्र सिट बाँडफाँटमा सहमति (सूचीसहित)

सत्ता गठबन्धनभित्र सिट बाँडफाँटमा सहमति (सूचीसहित)

Trulli
ADVERTISEMENT

काठमाडौं । सत्ता गठबन्धनका दलहरुबीच आगामी मङ्सिर ४ गतेको निर्वाचनका लागि भागबन्डा मिलेको छ । 

जनता समाजवादी पार्टी बाहिरिएपछि आएको लोकतान्त्रिक समाजवादी पार्टीको लागि भन्दै केही क्षेत्रहरू खालि राख्दै चार दलले आ-आफ्नो क्षेत्रमा सहमति गरेका हुन् ।

प्रतिनिधि सभाको १६५ मध्ये १६१ सिटमा सहमति भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो शुक्रवार अबेरसम्म बसेको गठबन्धनको बैठकले कांग्रेसलाई ८४, नेकपा माओवादी केन्द्रलाई ४५, एकीकृत समाजवादीलाई २० र राष्ट्रिय जनमोर्चालाई दुई स्थान दिने गरी बाँडफाँट भएको छ । 

१३ सिटमा लोसपासँग थप छलफल गरेर टुङ्ग्याउने जिम्मा कांग्रेसलाई दिइएको छ । आज शनिवार सहमति पत्रमा हस्ताक्षर गर्ने गठबन्धनको तयारी छ ।