close

बाबुरामको निर्वाचन क्षेत्रबाट प्रचण्ड उठ्ने, बाबुरामले गरे स्वागत

बाबुरामको निर्वाचन क्षेत्रबाट प्रचण्ड उठ्ने, बाबुरामले गरे स्वागत

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले पार्टी अध्यक्ष प्रचण्डलाइ गोरखा २ मा उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यसअघि २०७४ मा चितवन–३ बाट निर्वाचित प्रचण्ड आसन्न निर्वाचनमा भने गोरखा–२ बाट उम्मेदवार हुन लागेको हो।

नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा बाबुराम भट्टराईले गोरखा–२ बाट चुनाव लड्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्णयको स्वागत गरेका छन् । उनले ट्वीटरमार्फत प्रचण्डको सानदार विजयको शुभकामना दिएका छन् । 

‘मैले प्रतिनिधित्व गर्दै आएको गोरखा–२ बाट यसपटक क. पुष्पकमल दाहाल प्रचण्ड प्रत्यासी बन्ने निर्णयको म अन्तरहृदयदेखि स्वागत गर्दछु । वर्तमान नेपाल राज्यको उद्गमथलो लिगलिगकोटसमेत रहेको यस क्षेत्रबाट उहाँको उम्मेदवारी निकै सांकेतिक महत्त्वको छ’, भट्टराईले भने, ‘उहाँको शानदार विजयको हार्दिक शुभकामना !’

भट्टराईले गोरखाको निर्वाचन क्षेत्र खाली गरेपछि प्रचण्ड चितवनबाट सरुवा हुने भएका हुन् ।