close

लिङ्देनले गरे उम्मेदवारी दर्ता

लिङ्देनले गरे उम्मेदवारी दर्ता

Trulli
ADVERTISEMENT

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष लिङ्देनले साइत हेराएर आइतबार बिहान साढे ११ बजे  झापा-३ बाट साइत हेराएर उम्मेदवारी दर्ता गराएका हुन् । 

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले लिङ्देनले प्रतिनिधिसभा सदस्यका लागि झापाको क्षेत्र नं ३ मा ११ बजेर ३० मिनेटको साइतमा उम्मेदवारी दर्ता गराएको जानकारी दिए । 

लिङ्देनलाई झापा ३ मा एमालेको समर्थन छ । यसअघि पनि उनी प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए ।