close

कमल थापाले गराए उम्मेदवारी दर्ता

कमल थापाले गराए उम्मेदवारी दर्ता

Trulli
ADVERTISEMENT

 

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले उम्मेदवारी दर्ता गराएका छन् । केहीबेरअघि उनले उम्मदवार दर्ता गराएका उनले आफ्नो जित सुनिश्चितका गर्नका लागि सूर्य चिह्नबाट चुनाव लड्न लागेको बताएका छन् ।

मकवानपुर–१ बाट नेकपा एमालेको समर्थनमा उम्मेदवारी दर्ता गरेपछि पत्रकारसित कुरा गर्दै उनले नेकपा एमालेसँग सहकार्य गरेर चुनाव लड्न पाउनु खुसीको कुरा भएको बताए ।

‘नेकपा एमालेसँगको सहकार्य एक ठाउँमा मात्र चुनाव जित्नका लागि नभई मुलुकमा विद्यमान संकट समाधान गर्न राष्ट्रिय परिवेशको आवश्यकताको रुपमा रहेको छ’, उनले भने, ‘म नेकपा एमालेका साथीहरुलाई चित्त बुझाउन सक्छु भन्ने लाग्छ । त्यसका निमित्त हरसम्भव प्रयास गर्नेछु ।’