close

जेलबाटै उम्मेदवारी दिए रेशमले

जेलबाटै उम्मेदवारी दिए रेशमले

Trulli
ADVERTISEMENT

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले बर्दिया निर्वाचन क्षेत्र-२ बाट उम्मेदवारी दर्ता गराएका छन् । यसअघि कैलालीबाट सांसद पदमा निर्वाचित चौधरीले एक कार्यकाल जेलजीवनकै रुपमा व्यतित गरेका उनले सो क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका हुन् । 

उनको उम्मेदवारी दर्ता उनको प्रतिनिधि झग्गुप्रसाद चौधरीमार्फत भएको हो ।

२०७४ को निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा बहुमतले विजयी भएका उनी टीकापुर घटना मुद्दामा जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले दोषी ठहर गरेपछि जेल जीवन बिताइरहेका छन् । 

हाल सो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ । उनी २०७४ मा चुनाव लडेको निर्वाचन क्षेत्रमा उनकी पत्नी रञ्जिता श्रेष्ठ चौधरीले उम्मेदवारी दिएकी छन् ।