close

घिमिरे नै बने रुपन्देही-५ मा एमालेका आधिकारिक उम्मेदवार

घिमिरे नै बने रुपन्देही-५ मा एमालेका आधिकारिक उम्मेदवार

Trulli
ADVERTISEMENT

काठमाडौं । रुपन्देही क्षेत्र नम्बर ५ प्रतिनिधि सभा सदस्य उम्मेदवारमा नेकपा (एमाले) को तर्फबाट वासुदेव घिमिरेले आधिकारिकता पाएका छन् ।

आइतबार रूपन्देही–५ मा एमालेबाट बासुदेव घिमिरे र खिमलाल भट्टराईले उम्मेदवारी दर्ता गराएपछि विवाद भएपछि उनको उम्मेदवारी के हुन्छ भनी अन्योलता  भएको थियो । 

तर,  प्रमुख निर्वाचन अधिकृतको कार्यालले भट्टराईको सट्टा उनलाई मान्यता दिएको छ । कार्यालयले उम्दवारी दर्ताका आधारमा उनले टिकट पाएका हुन् । आइतबार  घिमिरेले दिउँसो साढे ३ बजे र भट्टराईले पौने ५ बजे उम्मेदवारी दर्ता गराएका थिए । 

एउटै पार्टीको उम्मेदवारी परे पहिला जसले दर्ता गरायो उसैले आधिकारिकता पाउने निर्वाचन निर्देशिका २०७९ मा प्रष्ट रूपमा उल्लेख रहेको निर्वाचन अधिकृत चिन्तामणी शर्माको भनाइ छ ।

घिमिरे तिलोत्तमा नगरका पूर्वप्रमुख पनि हुन् ।