close

देउवाको नागरिकता र मतदाता परिचयपत्रमा फरक जन्ममिति, उम्मेदवारी खारेजीको माग

देउवाको नागरिकता र मतदाता परिचयपत्रमा फरक जन्ममिति, उम्मेदवारी खारेजीको माग

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन कार्यालयमा उजुरी परेको छ ।

बिपी कांग्रेसबाट डडेलधुरमा उम्मेदवारी दिएका कर्णमल्ले देउवाको उम्मेदवारी खारेजको माग गर्दै प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका हुन् । 

देउवाको नागरिकता र मतदाता नामावलीमा फरक-फरक जन्ममिति भएको भन्दै कर्णले उम्मेदवारी खारेजीको माग गरेका हुन् । 

प्रधानमन्त्री देउवाको जन्ममिति नागरिकतामा २००३ जेठ ३१ गते रहेको छ भने मतदाता नामावलीमा २००२ जेठ ३१ गते उल्लेख छ । प्रमुख निर्वाचन अधिकृत वालकृष्ण वाग्लेले उजुरी परेको पुष्टी गर्दै भने, ‘यस विषयमा कानुन वमोजिम निर्णय लिने बताए ।