close

गैरनागरिकतासम्बन्धी ऐन संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

गैरनागरिकतासम्बन्धी ऐन संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

Trulli
ADVERTISEMENT

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी दिनमा गैरनागरिकतासम्बन्धी ऐन संशोधन गर्ने प्रतिबद्धता गरेका छन् । 

मंगलबार गैरआवासीय नेपाली संघको वार्षिक साधारण सभालाई सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले  यस्तो प्रतिबद्धता जनाएका हुन् । 

गैरआवासीय नेपालीहरुको नेपाल आगमनमा सहजीकरणदेखि सम्पतीको सुरक्षित गर्ने सम्बन्धमा आवश्यक सहयोग उपलब्ध गराउँदै आएको उल्लेख गरे ।

नेपालमा पुँजी लगानी गरी नेपालको विकासमा सहयोग गर्न गैर आवासीय नेपालीहरुलाई उनले आह्वान गरेका छन् । गैर आवासीय नेपाली संघलाई सहजरुपमा लगानी गर्नसक्ने र लगानीको प्रतिफल उपभोग गर्नसक्ने वातावरण निर्माण गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

उनले हरेक गैर आवासीय नेपालीहरुले विदेशमा नेपालको पहिचान जगाउन, विदेशी लगानीकर्ताहरुलाई लगानी गर्न उत्प्रेरित गर्न, महत्वपूर्ण भुमिका खेल्नुपर्ने आवश्यक्ता रहेको बताए ।