close

गगनविरुद्ध प्रधानको बागी उम्मेदवारी

गगनविरुद्ध प्रधानको बागी उम्मेदवारी

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाविरुद्ध बागी उम्मेदवारी दर्ता भएको छ ।

महामन्त्रीविरुद्ध नेपाली कांग्रेसकै नेता विनोदबाबु प्रधानले बागी उम्मेदवारी दिएका हुन् ।  

राजनीतिक हिसाबले उनी  गगनकुमारभन्दा अग्रज हुन् । आसन्न मंसिर ४ को निर्वाचनका लागि जिल्लाबाट गगनकुमार थापासहित उनको पनि नाम सिफारिस भएको थियो । तर, प्रतिनिधिसभाबाट नाम काटेर गगनकुमार थापालाई सर्वसम्मत सिफारिस गरिएको थियो । र, प्रधानको नाम भने प्रदेश सभा सदस्यका लागि सिफारिस गरियो । 

तर, टिकट  वितरणका क्रममा उनी नपरेपछि पार्टी परित्याग गर्दै थापा विरुद्ध बागी उम्मेदवारी दिएका हुन् । 

हिजो रैतिबाट नागरिक बनाउने गणेशमान सिंह, पार्टीभित्र सुकिला मुकिलाको बिगबिगी बढेकाे खण्डमा फेरि अर्को क्रान्ति गर्ने आँट गर्नुपर्छ भन्ने विशेश्वरप्रसाद कोइरालाकाे वाक्यांसलाई आधार मानेर स्वतन्त्र उम्मेदवारी दिएको उनको भनाइ छ । 

´विशेष गरेर काठमाडौं जिल्ला क्षेत्र नम्बर चार (४) का  सचेत मतदाताहरूमा म स्वतन्त्र उम्मेदवार बिनोदबाबु प्रधान पार्टीलाई जाेगाउन हार्दिक अपिल गर्दछु,’ उनले भनेका छन् । 

नेपाली  कांग्रेसको नियम, कानुन, विधि,विधान नियावली, २०४०काे  नेपाल विद्यार्थी आन्दोलन युवा अवस्थादेखि ३८ वर्षसम्मको नेपाली कांग्रेसको राजनीतिलाई आफूले पूर्णबिराम लगाएको उनले बताए । 

नेपालको संविधानले दिएकाे हक अधिकार सुनश्चितता, लोकतान्त्रिक समाजको आवश्यकता, मौलिक हकको संरक्षण, नेपाल र नेपाली भएर बाँच्नु पाउने अधिकार, विदेशी हस्तक्षेपविरुद्ध एक जुट हुनेबेला भएकाले राजीनामा दिएको उनले बताए ।