close

उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज

उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज

Trulli
ADVERTISEMENT

काठमाडौं ।  आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारहरू अन्तिम नामावली प्रकाशन आज हुँदैछ । 

नावावली प्रकाशनको समय दिउँसो १ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ । अन्तिम नामावली प्रकाशित हुनुअघि कसैले आफ्नो उम्मेदवारी फिर्ता लिने भए लिनसक्ने छन् । उम्मेदवारी फिर्ता लिने समय आज बिहान १० बजेदेखि १ बजेसम्म छ ।

त्यस्तै, निर्वाचन आयोयले आजै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गर्दैछ । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका उम्मेदवारहरूको निर्वाचन चिह्न साविककै हुनेछ भने स्वतन्त्रतर्फका उम्मेदवारहरूलाई आयोगले कुनै एउटा चिह्न दिनेछ ।

निर्वाचन चिह्न वितरण गर्ने समय आज अपराह्न ४ बजेदेखि बेलुका ७ बजेसम्म निर्धारण गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।