close

रेशम र लक्ष्मण चौधरीको उम्मेदवारी खारेज

रेशम र लक्ष्मण चौधरीको उम्मेदवारी खारेज

Trulli
ADVERTISEMENT

काठमाडौं । कारागारबाटै उम्मेदवारी दिएका नागरिक उन्मुक्ति पार्टीका रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएको छ । चौधरीले बर्दिया २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका थिए ।

चौधरीविरुद्ध परेको उजुरीका आधारमा उम्मेदवार बन्न अयोग्य ठहर गर्दै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरिदिएको हो ।

चौधरीलाई थरुहट आन्दोलनका क्रममा टीकापुर घटनाको दोषी ठहर्याइ जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला सुनाएको थियो । चौधरी अहिले जेलमा छन् ।

यस्तै, नागरिक उन्मुक्ति पार्टीबाट दिएका अर्का नेता लक्ष्मण चौधरीको पनि उम्मेदवारी खारेज भएको छ ।