close

राजु गुरुङको उम्मेदवारी खारेजीसँगै विष्णु पौडेललाई सहज

राजु गुरुङको उम्मेदवारी खारेजीसँगै विष्णु पौडेललाई सहज

Trulli
ADVERTISEMENT

रुपन्देही । रुपन्देही–२ मा सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएको छ । गुरुङ नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलसँग चुनावी प्रतिस्पर्धामा रहेका थिए । 

गुरुङसँगै हाम्रो नेपाली पार्टीका डा.कमल भुसाल र स्वतन्त्र उम्मेदवार हिमाल बस्यालको पनि उम्मेदवारी खारेज भएको सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले जानकारी दिए ।   

मुख्य प्रतिस्पर्धी गुरुङको उम्मेदवारी खारेज भएसँगै एमालेका उम्मेदवार पौडेललाई सहज भएको छ भने सत्ता गठबन्धन उम्मेदवारविहीन बनेको छ । गुरुङलाई बैंकिङ कसुरमा अदालतले फैसला गरेको २ हजार जरिवाना भुक्तान नगरेको, भूसालले सरकारबाट आर्थिक लाभ लिइरहेको भन्दै उजुरी परेको थियो ।

प्रतिनिधिसभातर्फ २ हजार ५३१ जना र प्रदेशसभातर्फ ३ हजार ४८१ जना उम्मेदवारको सूची आयोगले सार्वजनिक गरेको । उजुरीमाथि छानबिन गर्ने क्रममा रुपन्देही-२ मा मात्र ३ जनाको उम्मेदवारी खारेज भएको हो ।