close

राजनीतिक पार्टीभन्दा स्वतन्त्र उम्मेदवार बढी

राजनीतिक पार्टीभन्दा स्वतन्त्र उम्मेदवार बढी

Trulli
ADVERTISEMENT

सिरहा । आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि सिरहा जिल्लामा राजनीतिक पार्टीभन्दा स्वतन्त्र उम्मेदवारको बर्चस्व रहेको छ ।

जिल्लामा चार सङ्घीय तथा आठ प्रदेशसभा निर्वाचन क्षेत्रबाट २२४ को उम्मेदवारी परेकामध्ये ११९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्थानीय तह निर्वाचनमा स्वतन्त्र उठेका उम्मेदवारले जितेको र उनीहरूले जनतामाझ गरेको काममा प्रभावित भएर यो निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारको सङ्ख्या बढेको आकलन गर्न सकिन्छ । तर स्वतन्त्र उम्मेदवार राजनीतिक पार्टीले जनताको भावनामाथि खेलवाड गरेकाले आफूहरूले स्वतन्त्र उम्मेदवारी दिएको उनीहरू दाबी गर्छन् ।

प्रतिनिधिसभाका लागि सिरहा क्षेत्र नं १ बाट २३ जनाको उम्मेदवारी परेकामध्ये १० स्वतन्त्र र १३ पार्टीका उम्मेदवार छन् । त्यसैगरी क्षेत्र नं २ मा २३ जनाको उम्मेदवारी परेकामा १५ स्वतन्त्र आठ मात्रै पार्टीबाट उम्मेदवारी परेको छ । त्यस्तै सिरहा क्षेत्र नं ३ बाट जम्मा २२ जनाको उम्मेदवारी परेकामा १४ स्वतन्त्र र आठ पार्टीका उम्मेदवार छन् । क्षेत्र नं ४ बाट १९ उम्मेदवारमध्ये नौ स्वतन्त्र र राजनीतिक दलका १० जनाले उम्मेदवारी दिएका छन् ।