close

दिपक मनाङे निर्विरोध निर्वाचित

दिपक मनाङे निर्विरोध निर्वाचित

Trulli
ADVERTISEMENT

मनाङ । आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनका लागि मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका दीपक मनाङे निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका  दोर्जे लामाले उम्मेदवारी फिर्ता लिएसँगै मनाङे निर्विरोध निर्वाचित भएका हुन । उम्मेदवारी फिर्ता लिनका लागि उनले प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिइसकेका छन् ।  यसको सूचना दिउँसो ३ बजे निकालिने पनि उनले जानकारी दिएका छन् । त्यसपछि मात्र औपचारिक घोषणा हुन्छ । 

यसअघि पनि मनाङे स्वतन्त्र रुपमा प्रदेशसभा सदस्य भएका थिए ।