close

गुल्मी–२ र म्याग्दीमा कांग्रेसका बागीले लिए उम्मेदवारी फिर्ता

गुल्मी–२ र म्याग्दीमा कांग्रेसका बागीले लिए उम्मेदवारी फिर्ता

Trulli
ADVERTISEMENT

काठमाडौं । म्याग्दीको प्रदेश सभा क्षेत्र (क)मा स्वतन्त्र मनोनयन दर्ता गराएका नेपाली कांग्रेसका नेता नेत्रबहादुर महतले बुधबार उमेदवारी फिर्ता लिएका छन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उमेदवारी फिर्ता लिएका महतले गठबन्धनका उमेदवार नेकपा माओवादी केन्द्रका हरि भण्डारीलाई समर्थन गर्ने घोषणा गरेका हुन् । 

त्यस्तै, गुल्मी-२ को प्रदेशसभा (ख) मा सत्ता गठबन्धनका बुद्धि जीसीविरुद्ध बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नरेन्द्रबहादुर अर्यालले उम्मेदवारी फिर्ता लिएका छन् ।

अर्यालले गठबन्धनका आधिकारिक उम्मेदवार जीसीलाई समर्थन जनाउँदै उम्मेदवारी फिर्ता लिएका हुन् । अर्यालले जीसीलाई पूर्णसमर्थन गरेर जिताउने अभियानमा लाग्ने बताएका छन् ।