close

चितवन-३ मा एमालेले लियो उम्मेदवारी फिर्ता, कांग्रेसका बागी उम्मेदवारलाई सघाउने

चितवन-३ मा एमालेले लियो उम्मेदवारी फिर्ता, कांग्रेसका बागी उम्मेदवारलाई सघाउने

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेले चितवन क्षेत्र नं. ३ मा नेकपा एमालेले उम्मेदवारी फिर्ता लिएको छ । एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएर सत्तारुढ गठबन्धनका बागी उम्मेदवारलाई समर्थन गरेको  हो ।

एमालेले रामप्रसाद न्यौपानको उम्मेदवारी फिर्ता लिएर स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका दिनेश कोइरालालाई समर्थन गरेको छ । चितवन ३ मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारी उम्मेदवार छन् ।

नेपाली काग्रेका दिनेश कोइरालाले स्वतन्त्र उम्मेदवार  दिएका छन् । यसअघि यस क्षेत्रमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवारी दिने चर्चा थियो । तर, उनी चितवन छाडेर गोरखा गएका छन् । 

प्रचण्ड गोरखा गएसँगै एमाले राप्रपा तालमेल हुने भनिए पनि सो तालमेल नभई दुवै पार्टीले उम्मेदवारी दर्ता गराएका थिए ।